www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘नेपाल भ्रमण वर्ष २०२०’ धुमधामका साथ शुभारम्भ गरिने

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई संघीयताको दरिलो अभ्यासको रुपमा लिन सकिने बताएका छन् ।

पोखरामा आज (बुधबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएका हुन् । गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष मनाउने लक्ष्य सहित अगाडी बढिरहेको बताउदै ‘भिजिट नेपाल २०२०’ लाई संघीयताको दरिलो अभ्यासको रुपमा लिन सकिने बताए ।

Batas

उनले गण्डकी प्रदेशको राजधानी पोखरामा जनवरी १ (पुष १६ गते) तारिखमा विधिवत रुपबाटै ‘भिजिट नेपाल २०२०’ को शुभारम्भ गरिने बताए । उनले सातै प्रदेशमा प्रदेशका मुख्यमन्त्रीले आफ्नो क्षेत्रबाट नेपाल भ्रमण बर्षको शुभारम्भ गर्ने उल्लेख गर्दै गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा अग्र स्थानमा रहनुपर्ने धारणा राखे ।

मन्त्री लम्सालले ११ जिल्लाका विभिन्न जातिहरुको मौलिक भेषभुषा तथा झाँकी सहितको बृहत र्याली लेकसाइड स्थित फिस्टेल गेटबाट बाराहीघाटमा पुग्ने बताउदै औपचारिक शुभारम्भको रुपमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घोषणा गर्ने जानकारी दिए । उनका अनुसार ३ बजेत औपचारिक घोषणा हुने छ भने उनले बेलुकीपख सवा ५ बजे ‘भिजिट नेपाल २०२० अंकित वेलुन उडाईने छ ।

उनले नेपाल सरकारको भ्रमण बर्षमा २० लाख पर्यटक भित्राउने अभियानमा आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । उनले पूर्वाधारको कमी भएको स्वीकार्दै मन्त्री लम्सालले ‘भिजिट नेपाल २०२०’ जसोतसो सफल गर्न सबै लाग्न अनुरोध गरे ।

उनले निर्माणाधिन सडकका धुला तथा खाल्डा पुरेरै भएपनि भ्रमण वर्ष सफल बनाउनै पर्ने स्थिति रहेकोले सोही अनुरुप प्रदेश सरकार लागेको उनको धारणा थियो ।

लेकसाईड भित्रिने पर्यटकका लागि नयां गन्तव्य हिमागृह र रन्तमन्दिर खुला गर्ने तयारी भैरहेको समेत मन्त्री लम्सालले बताए । उनले औपचारिक कार्यक्रमसँगै खुला गर्ने भनिएपछि हप्ता दिन पश्चात मात्रै पर्यटक लक्षित खुला गरिने आश्वासन ट्रष्ट नेपालले दिएको जानकारी दिए ।

प्रदेश सरकारले ११ वटै जिल्लामा १ करोड ६० लाखको दरले १७ करोड ६० लाख रुपैया पर्यटन पूर्वाधारमा लगानी गर्ने भएको बताउदै उक्त बजेट विनियोजन गर्न कार्यविधि समेत निर्माण गरिएको उनले बताए ।

त्यस्तै प्रदेशका ११ जिल्लाका विभिन्न जातिहरुको मौलिक कला तथा संस्कृति झल्कने गरी नाँचहरु समेत प्रस्तुत गरिने साँस्कृतिक संयोजक गणेश भट्टराईले जानकारी दिए । उनका अनुसार थारु समुदायको लठ्ठी नाच, मगर समुदायको कौडा, गुरुङ जातिको छ्याडु, नेवार समुदायको लाखेनाच, ब्राह्मण जातिको भजन कृतन, पुन समाजको झाँकी, कृष्ण चरित्र लगायतको प्रस्तुतीहरु रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.