www.tandavnews.com
Fact ~ In search of truth

भ्रमण वर्षमा आफ्नो टोल सफाइमा आफैँ जुट्नुपर्छ:काँग्रेस नेता थापा

काठमाडौं ।

नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काँग्रेसका युवा नेता गगन थापाको अगुवाइमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उनले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराएका थिए ।

उनले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताए । काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताए ।

नेता थापाले फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै हामी आफैले फोहर नफाल्ने भनेर संकल्प गर्यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिने बताए । उनले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचो, डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराए । नेता थापा सोही टोलमा बस्छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.