www.tandavnews.com
Fact ~ In search of truth

अमितको‘यति धेरै’ शुक्रबार सार्वजनिक हुने

काठमाडौं ।

नेपाल आइडल सिजन २ बाट चर्चा कमाएका गायक अमित बरालको नयाँ गीत ‘यति धेरै’ सार्वजनिक हुने भएको छ । उनको नयाँ गीत पुस १८ गते शुक्रबार रिलिज हुने भएको हो ।

उक्त गीतको म्युजिक भिडियो अमित पुस्पन अफिसियल नामक आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिने गायक बरालले जानकारी दिए ।गीतमा हर्कुलस बस्नेतको शब्द-संगीत र रिकेश गुरुङको संगीत संयोजन छ । नव कलाकार शिव श्रेष्ठ र निरन्जली लामाले अभिनय गरेको गीतको भिडियो पेमामान सिंह तामाङले निर्देशन गरेका हुन् ।

युटुबमा सार्बजनिक गरिएको गीतको टिजर थोरै समयमा लोकप्रिय भएको छ । नेपाल आइडलमा पुस्पन प्रधानको ‘पंक्षी’ गीत गाएपछि बरालले चर्चा बटुलेका थिए । बरालले यस अघि सार्वजनिक गरेका ‘म तिम्रै हुँ’,‘यता ‘मेरो रगतले’ र ‘पिरतिको जाल’ लगायतका गीत लोकप्रिय छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.