www.tandavnews.com
Fact ~ In search of truth

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’

अर्जुन गिरी
पाेखरा,
ताण्डव न्यूज । 

पछिल्लो समय विवादमा तानिएकी लर्निङ हाउसकी सञ्चालिका अमेरिकी नागरिक मिसेल अलेग्जेंद्रा विल्सको अर्को काण्ड बाहिरिएकोे छ । विजनेस भिसामा पोखरा बसेकी मिसेलले निशुल्क समाजिक कार्य गर्दै आएको भनिएपनि विदेशबाट रकम उठाउने गरेको खुलासा भएको छ ।

पोखरा न्युरोडमा रहेको लर्निङ हाउसको नामबाट अशिक्षा, गरिबी, स्वास्थ्य क्षेत्रमा निशुल्क सेवा गरेको जस्तो देखाएर विदेशवाट रकम उठाएको तथ्य ताण्डव न्युजलाई फेला परेको छ ।

Batas

लर्निङ हाउस र पोखराका विभिन्न क्षेत्रमा गरिएको कार्यक्रमको फोटो मिसेलले आफ्नो विदेशी वेबसाईट ‘खाता लाईफ’ मा राखेर डोनरबाट रकम उठाएको प्रमाण फेला परेको हो । मिसेल आफैले सो कुरा आफ्नो व्यक्तिगत वेबसाईटमा राखेकी छिन् जुन कुरा धेरैलाई थाहा छैन् ।

लर्निङ हाउसको सञ्चालक मिसेल र नवाङ्ग गुरुङ हुन भने सोनी तिलिजा कर्मचारी हुन् । त्यसै गरी खाता लाइफ मिसेल संस्थापक तथा सिइओ, नवाङ्ग कार्यकारी निर्देशक र सोनी कम्युनिटी अफिसरको रुपमा छिन् ।

खाता लाईफ अमेरिकामा दर्ता भएको संस्था हो । तर मिसेलले लर्निङ हाउसमा निशुल्क काम गरेको जस्तो देखाएर खिचिएका तस्विर खाता लाइफमा हालेर रकम उठाउने गर्छिन् । जब कि लर्निङ हाउस एउटा संस्था हो जसले आइइएलटिस र विभिन्न तालिम चलाएको रकम लिन्छ । त्यति मात्र होइन खाता लाइफमा लर्निङ हाउसको फोटो राखिएको छ र त्यहाँ रहेका संचालक र कर्मचारी पनि दुवै संस्थामा एउटै छन् ।

पोखराको अशिक्षा, गरिवीको भ्रमपूर्ण तस्विर वेबसाईटमा हालेर कमाउ धन्दा गरेको एक स्रोतले बतायो । ‘अमेरिकमा रहेको वेबसाईट मार्फत समाज सेवा गरेको देखाएर रकम उठाउन मिल्दै मिल्दैन्, यो त समाज सेवाको नाममा कमाउ धन्दा हो’ स्रोतले भन्यो, ‘यस्तो काम गर्नेलाई तुरुन्तै कारवाही गर्नुपर्छ । त्यति मात्र होइन उनलाई यस्तो काम गर्न सहयोग गर्नेहरुलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ ।हालसम्म उनले त्यहि फोटोहरु देखाएर खाता लाइफ मार्फत करोडौँ रकम उठाएको देखिन्छ । त्यो पनि अरुले भनेर होइन, स्वयं मिसेलकै आधिकारीक वेबसाइट र ट्वीटरमा उल्लेख गरेकि छिन् ।’

विदेशीलाई यहाँका सम्बन्धित निकायले सजिलै केही गर्न नसक्ने भन्दै फाइदा उठाएको स्रोतको भनाई छ । ‘अध्यागमनमा उजुरी परेपछि पनि केही भएन्,’ स्रोतले भन्यो, ‘अध्यागमनले पनि सुरुमा उनकै पक्षमा कुरा ग¥यो । यसरी रकम उठाएको छ भनेर गुनासो गर्दा, अध्यागमनले अलिअलि काम गरेकी रहेछिन् भनेर उल्टो मिसेलकै पक्ष लियो । यसरी नै धेरै मानिस भ्रममा छन् । मिसेलले केही व्यक्तिहरुलाई अलिअलि सहयोग गरेकोे देखिन्छ । त्यसैलाई आधार मानेर केही व्यक्ति उनकै सामाजिक सञ्जालमा आवाज उठाएको पाइन्छ ।’

जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश कुमार केसीले घटनाबारे छानविन अगाडी बढाइएको बताए । ‘अनुसन्धान अघि बढायौँ । यदि गलत गरेको हो भने तुरुन्त कारवाही गछौँ’ उनले भने । प्ररम्भिक अनुसन्धान अनुसार बिजनेस भिसामा आएका विदेशीले समाजसेवाको नाममा रकम उठाउन नमिल्ने उनको भनाई थियो ।

अध्यागमन कार्यालय पोखराले पनि मिसेल सम्बन्धी कागजात अध्यागमन विभाग काठमाडौँमा पठाएको जनाएको छ ।

यस विषयमा लर्निङ हाउसका संचालक नवाङ्ग गुरुङलाई फोन गर्दा सम्पर्क हुन सकेन । त्यसपछि मिसेललाई फोन गर्दा उनले केही समयपछि फोन गर्ने बताइन् ।

के हो खाता लाइफ ?

खाता लाइफ यस्तो संस्था हो जुन नेपालमा दर्ता छैन । केवल वेबसाईट यहाँबाट सञ्चालन गरेको छ । यसमा नेपालको सेरोफेरो भित्र रहेर काम गर्ने ब्यानर लेखिएको छ । नेपालमा यो संस्थाको न कुनै कार्यालय छ, न त जानकारी बोर्ड नै । वेबसाइटमा पोखरा न्यूरोडमा रहेको लर्निङ हाउस प्रालिले गरेका कार्यक्रमका तस्विर र कार्यक्रमको जानकारी अंग्रेजी भाषामा अनुवाद गरी राख्ने गरिएको छ ।

नेपालमा अशिक्षा, गरिबी, स्वास्थ्य क्षेत्रको तस्विर समेत अपलोड भएको पाइन्छ । कुनैपनि कार्यक्रम गर्दा दर्ता भएको संस्थाले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालमा जानकारी एवं अनुमति लिनुपर्ने हो । तर नियमविपरित त्यस संस्थाले आफ्नो खुशी केही आफ्ना निकटका साथीहरु बटुलेर कार्यक्रम गर्ने गर्छ ।

भित्रभित्रै कार्यक्रम गर्नै र यहाँ कसैलाई पनि जानकारीमा नभएको अनलाइन खाता लाइफमा कार्यक्रमको विस्तृत अपलोड गरिएको छ । यसका सञ्चालक नवाङ्ग गुरुङ र स्टाफको रुपमा सोनी तिलिजा देखिन्छन् । उनीहरुलाई राख्नुको उद्देश्य विदेशी डोनरहरुले लोकल व्यक्तिहरु पनि खोज्ने हुँदा प्रयोगको लागि राखिएको हो ।

यो संस्था विदेशमा दर्ता गरिएको छ । जसको बैंक खाता बिदेशमा नै रहन्छ । यो संस्थाले अनलाइन मार्फत उठाएको रकम विदेशकै खातामा जम्मा हुन्छ ।

संस्थाको दर्ता बारे जानकारी

Khata Life – Loveland, 80538-4062
Entity Id  20161480614
Entity Business Name : Khata Life
Address : 1717 Madison Ave, #3, Loveland, CO, 80538

Incorporation Date: 18 July 2016, Monday
501C3 Nonprofit Organization

फलोअप

अमेरिकन नागरिक मिसेल बिरुद्ध पोखरामा उजुरी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.