www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ

पोखरा,
ताण्डव न्यूज ।

नेपाल भ्रमण वर्ष २०२० आजदेखि देशभर सुरु भएको छ ।

यसै अवसरमा गण्डकी प्रदेशमा पनि नेपाल भ्रमण वर्ष २०२० धुमधामका साथ औपचारिक रुपमा शुभारम्भ भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको उद्घाटन गर्दै देशका सबै प्रदेशसँगै गण्डकी प्रदेशमा पनि भ्रमण वर्षको सुरु भएको घोषणा गरे ।

Batas

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सुब्बाले गण्डकी प्रदेश पर्यटक भित्राउनमा अन्य प्रदेशको तुलनामा अग्र स्थानमा रहनुपर्ने बताउँदै सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरे ।
गण्डकी प्रदेशमा पर्यटकीय गन्त्व्य प्रशस्त रहे पनि पूर्वाधारको अभाव अझै रहेको भन्दै उनले जति पूर्वाधार त्यसैलाई गुणस्तरीय बनाएर प्रदेशमा बढि भन्दा बढि पर्यटक भित्राउन तर्फ लाग्नुपर्ने उनको भनाई थियो ।

उनले भने,‘अन्य प्रदेशको तुलनामा हाम्रो प्रदेशमा पर्यटकीय गन्त्व्य प्रशस्त छन्, कतिपय पहिचान गर्नुपर्ने छ । यो सँगै पूर्वाधार अभाव छ तर हामीलाई यस वर्ष धेरै पर्यटक भित्राउने चुनौती पनि छ , त्यसैले चुनौतीको सामना गर्दै पर्यटक भित्राउन तर्फ हामी लागौँ ।’

पर्यटककोे बसाई लम्बाउने तर्फ ध्यान दिन पर्यटनसँग सम्बन्धित सबै संघसंस्था, व्यवसायी र नागरिकमा मुख्यमन्त्री सुब्बाले आह्वान गरे । भ्रमण वर्ष घोषणा हुनुपूर्व ११ जिल्लाका विभिन्न जातिहरुको मौलिक भेषभुषा तथा झाँकी सहितको बृहत र्याली लेकसाइड स्थित फिस्टेल गेटबाट बाराहीघाट सम्म प्रर्दशन गरिएको थियो ।

भ्रमण वर्षको औपचारिक घोषणासँगै कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ अंकित वेलुन उडाइएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.