www.tandavnews.com
Fact ~ In search of truth

कश्मीरमा आंतकवादी भिडन्त, गोर्खाली सैनिक गोरखाका अर्जुनले गुमाए ज्यान

एजेन्सी ।

भारतको कश्मीर भिडन्तमा भारतीय सेनामा रहेका एक नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा भारतीय सेना गोरखा रिप गाउँका अर्जुन थापामगर रहेको जनाइएको छ ।

भारतको जम्मू–कश्मीरमा आतंकवादीसँगको झडपमा अर्जुनसँगै अर्का भारतीय सैनिकले पनि ज्यान गुमाएका छन्हिजो (बुधबार) जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु गएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

२५ वर्षीय अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय सावन्त नायक पदमा कार्यरत रहेको जनाइएको छ । सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.