कैलाली ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताएका छन ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन गर्दै उनले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुने बताए
मन्त्री बाँस्कोटाले भने ‘आफ्नो व्यवसायप्रति आत्मनिर्भर भइयो भने मर्यादित ढंगले बाँच्ने आधार सिर्जना हुन्छ ।उनले समानुपातिक विज्ञापन नीतिले सञ्चारमाध्यमलाई सामानुपातिक विज्ञापन वितरण गर्ने जानकारी दिए ।
सुदूपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले अगामी दिनमा सुदूरपश्चिम सरकारले सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्न थप सहकार्य गर्ने जानकारी दिँदै संघीय सरकारले पनि थप वित्तीय स्रोत प्रदान गर्नुपर्ने बताए।
महासंघका जिल्ला अध्यक्ष जगत साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलगायतले पत्रकार हक हितका बारे चर्चा गरे । रासस
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।