www.tandavnews.com
Fact ~ In search of truth

उखु किसानको चेतावनीःमाघ ७ भित्र भुक्तानी नदिए देशव्यापी आन्दोलन

काठमाडौँ ।

उखु किसानहरुले माघ ७ गते भित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएको छ ।

आन्दोलनरत किसानहरुले आगामी माघ पहिलो हप्ताभित्र सबै बाँकी रकम दिन आज (बिहीबार)सरकारलाई अल्टिमेटम दिएका हुन् । सरकारले हिजो (बुधबार) उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको थियो ।

सरकार र किसान पक्षबीच बारम्बार सम्झौता भए पनि कार्यान्वयनमा नआएको भन्दै लिखित प्रतिबद्धता आउनुपर्ने किसानहरुको माग छ । आफूहरुले दिएको समयसीमाभित्र भुक्तानी नपाए देशव्यापी आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.