
हेटौँडा ।

प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश नं– ३ द्वारा आज हेटौँडा आयोजित कार्यक्रममा उनले परिणाममुखी शिक्षाको लागि विद्यालयले पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्ने बताए ।उनले भने,‘पढाइ र सिकाइ फरक÷फरक कुरा हो । पढाइले व्यावसायिक बनाउदैन तर सिकाइले व्यावसायिक बनाउँछ । आफ्ना विद्यार्थीलाई पढाउने होइन सिकाउनुस् ।’
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमकेन्द्र परिषद्का सदस्य सचिव डा .पुष्परमण वाग्लेले हालसम्म १३ वटा जिल्लामा एक सयवटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययन भइरहेको जानकारी दिए । रासस
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।