www.tandavnews.com
Fact ~ In search of truth

लर्निङ हाउसको प्रतिक्रिया, हाम्रो प्रमाणसहितको समाचार

पोखरा
ताण्डव न्यूज ।

ताण्डव न्यूजमा प्रकाशित समाचारबारे लर्निङ हाउसले पत्रमार्फत दिएको प्रतिक्रिया यस प्रकार छ :

लर्निङ हाउस प्रालि विगत लामो समयदेखि व्यवस्थापन, करियर स्किल तथा विभिन्न भाषा कक्षा सञ्चालन गरी आएको कम्पनी हो । यस प्रालिका सञ्चालकको नाम जोडी संस्था र सञ्चालक समेतका सम्बन्धमा मिति २०७६ -९ – १४ र २०७६-९ -१६ मा प्रकाशित समाचार प्रति हाम्रो गम्भीर आपत्ति रहेको व्यहोरा जानकारी गराउन चाहन्छौँ ।

Batas

तहाँबाट प्रकाशित समाचारमा कम्पनीको सञ्चालक मिसेलले पैसा उठाएर विभिन्न होटल तथा रेस्टुरेन्टमा कार्यक्रम गरेको, टिकट मार्फत र अन्य कार्यक्रम गरेर करोडौँ रकम खाएको भन्ने लगायतको व्यहोरामा कुनै सत्यता छैन ।

लर्निङ हाउस प्रालि समाज सेवा गर्ने उद्देश्यले स्थापित कम्पनी नभएको व्यहोरा सामान्य जानकारीको विषय हुँदाहुँदै यस संस्था तथा सञ्चालकको इजजत प्रतिष्ठामा आँच पु¥याउने गरी समाचार प्रकाशन हुनु आफैँमा दुःखको कुरो हो । यस प्रालि र सञ्चालकलाई आरोप लगाइएको उक्त विषयमा सम्बन्धित निकाय, अधिकारीबाट जुनसुकै बखत अनुसन्धान, छानबिन भएमा सत्थ तथ्य उजागर हुने निश्चित छ ।

प्रमाणसहितको हाम्रो समाचार

लर्निङ हाउसको सञ्चालक मिसेलको विषयमा उजुरी परेपछि ताण्डव न्युजले समाचार प्रकाशन गर्यो । ताण्डवले समाचारमा आरोप भनेर उल्लेख गरेको छ । लर्निङ हाउसले समाचारको खण्डनमा आफ्नो संस्था समाज सेवा गर्ने उद्देश्यले स्थापित कम्पनी नरहेको उल्लेख छ ।

भनेपछि प्रालिले आफ्नो भवन बनाउन वा त्यसमा आवश्यक सामग्री किन्नका लागि रकम उठाउन मिल्छ ? बिजेनेस भिसामा आएको अमेरिकन नागरिक मिसेलले अमेरिकामै दर्ता भएको खाता लाइफमा पोखराको फोटो हालेर रकम उठाउन पाइन्छ ? उनले डोनेसन उठाउने वेबसाइटमै १४ हजार १ सय ७६ युएस डलर उठाएको मिसेलकै एकाउन्टमा उल्लेख छ ।

अर्को कुरा मिसेल विरुद्ध अध्यागमन पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीकहाँ उजुरीसमेत परेको छ । हामीले त्यहाँबाट प्राप्त प्रमाणलाई मात्र आधार मानेनौ र आफैले पनि अनुसन्धान सुरु गर्यौँ। खोज्दै जाँदा मिसेल आफैले आफ्नो आधिकारिक वेबसाइट र ट्वीटरमा समेत प्रत्येक कार्यक्रममा उठेको रकमसहित पोस्ट गरेकी छिन् । जसको प्रमाण ताण्डव न्युजले सुरक्षित राखेको छ । केही प्रमाण यस प्रकार छन् ।

मिसेलबारे प्रकाशन गरिएका समाचारहरु

अमेरिकन नागरिक मिसेल बिरुद्ध पोखरामा उजुरी

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.