www.tandavnews.com
Fact ~ In search of truth

व्यक्ति भन्दा संस्था केन्द्रित कार्य आवश्यकः काँग्रेस नेतृ कोइराला

रुपन्देही ।

 

पार्टीभित्र विवाद यथावत रहेको काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले बताएकी छन् ।

आन्तरिक विवाद नसुल्झीदाँ पार्टी कमजोर बन्दै गएको कोइरालाले बताइन् । प्रेस युनियन रुपन्देहीले आज(शुक्रबार) बुटवलमा गरेको पत्रकार भेटघाटमा नेतृ कोइरालाले विवाद यथावत रहे आगामी निर्वाचनमा कांग्रेस शून्य हुने बताइन् ।

Batas

सभापति देउवाको पदलोलुपताका कारण पार्टी कमजोर बनेको आरोप नेतृ कोइरालाको छ। पार्टी व्यक्तिभन्दा संस्था केन्द्रित कार्य गर्नु पर्ने उनको भनाइ छ। पार्टीमा गुट र किचलो भइरहे कांग्रेसलाई मत दिँदा कार्यकर्ता र आम नागरिकको हात काप्ने स्थिति आउन सक्नेतर्फ ध्यान दिनुपर्ने उनले बताइन्।

पार्टीभित्रको विवाद तत्काल अन्त्य गरी संगठन निर्माणतर्फ लाग्नु पर्ने कोइरालाले बताइन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.