www.tandavnews.com
Fact ~ In search of truth

ज्यान मार्ने धम्की दिने काँग्रेस सांसद अभिषेकप्रताप विरुद्ध पक्राउ पुर्जी

काठमाडौं ।

ज्यान मार्ने धम्की दिने काँग्रेस सांसद अभिषेकप्रताप शाह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रतापले सांसदले राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्रको ज्यान मार्ने उद्योग गरेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

Batas

आफूमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै मिश्रले हिजो(बिहीबार) इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाको अनुसार अदालतले सांसद शाह बिरुद्ध ज्यान मार्ने उद्योगको पक्राउ पुर्जी जारी गरेको छ।

सांसद शाहले यही पुस ५ गते आफ्नै घरमा बोलाई कोठाभित्र थुनेर आफूलाई नसालु पदार्थ सुँघाएर कुटपिट गरेको राप्रपा नेता मिश्रको आरोप छ। शाहले आफ्नो मुखभित्र बन्दुक राखेर ज्यानमार्ने घम्की दिएको मिश्रले जनाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.