www.tandavnews.com
Fact ~ In search of truth

गोली बनाई मलद्वारमा लुकाएर सुन ल्याउने दुई भारतीय पक्राउ

काठमाडौं ।

मलद्धवारमा लुकाएर ल्याएको सुनसहित दुई भारतीय पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका हुन् । एयर अरेबियाको उडानमार्फत कतारको दोहाबाट काठमाडौं आएका २ जना भारतीयलाई मलद्वारमा लुकाएर ल्याएको २ किलो सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नवीन गोपिचन्द र सुरेशलाल भारत छन् । उनीहरुले १ किलो सुनलाई ६ वटा गोली बनाएर मलद्वारमा राखेर तस्करी गरी काठमाडौं ल्याएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.