www.tandavnews.com
Fact ~ In search of truth

गुण्डा ‘राते’ भनिने सुजन श्रेष्ठ पक्राउ

काठमाडौं।

विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भन्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई गएराति काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार उनी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ समूहमा बसेर गुण्डागर्दीमा सक्रिय थिए ।

Batas

पछिल्लो समयमा भने गत वर्ष चैत १८ गतेको एक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । त्यो बेला श्रेष्ठ र सहयोगी रेम्बो भन्ने अजय गुरुङले काठमाडौँ महानगरपालिका–२६ आइओडी क्लब अगाडि स्थानीय विष्णु कठायतलाई पछाडिबाट रडले प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । गुरुङ भने यसअघि नै पक्राउ परिसकेका छन् ।

पीडितको उजुरीका आधारमा खोजी गर्ने क्रममा उनलाई राति पक्राउ गरी थप कारवाहीका लागि आज महानगरीय प्रहरी वृत्त लैनचौर बुझाइएको थापाले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.