www.tandavnews.com
Fact ~ In search of truth

मापदण्ड विपरीतका बालगृहबाट बालबालिकाको उद्धार

काठमाडौं ।

राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७५-०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला समाज काठमाडौँबाट ती बालबालिकाको उद्धार गरेको हो ।

Batas

आर्थिक वर्ष २०७४-०७५ मा ९ बालगृहबाट १४७ बालबालिकाको उद्धार गरिएको थियो । विसं २०६९ देखि लागू गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचारको अन्तिम उपाय सुनिश्चित गरिनुपर्ने, बालगृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने र बालबालिकालाई बालगृहमा भर्ना गर्ने बित्तिकै आवास, पोशाक र भोजनको व्यवस्था गर्नुपर्नेलगायतका मापदण्ड राखिएको छ ।

विसं २०७६ असार मसान्तसम्ममा ४६ जिल्लामा ५३३ बालगृह छन । ती बालगृहमा १५ हजार ५६५ बालबालिका संरक्षित छन् । अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ ।

परिषद्का अनुसार २७ जिल्लाका १४७ धार्मिक संघसंस्थामा छ हजार ६८६ (पाँच हजार २३४ बालक र एक हजार ४५२ बालिका) बालबालिका आवासीय छन् ।पचहत्तर जिल्लामध्ये ४५ जिल्लाबाट प्राप्त तथ्यांकअनुसार झापा, प्यूठान, पाँचथर, धादिङ, दैलेख, ओखलढुङ्गा, कञ्चनपुर, भोजपुर, मुगु, स्याङ्जा, भक्तपुर, इलाम, मकवानपुर, हुम्ला र काठमाडौँ लगायतका २७ जिल्लाका धार्मिक संघसंस्थामा बालबालिका आवासीय छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.