www.tandavnews.com
Fact ~ In search of truth

थ्रि डी र ग्राफिटी आर्टले सजिएर आयो ‘स्टेसन’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

त्यसो त नामै काफी छ ‘स्टेसन, द फुड एण्ड ससेज पार्क ।’ विशेषतः यहाँको ससेजले स्टेसनलाई साँच्चै युवापुस्ताको निर्विकल्प जक्सन बनाइदिन भुमिका खेल्यो ।

ठेलाको मःम र ससेजसँगै संघर्ष गर्दागर्दै ब्राण्ड बन्न सफल स्टेसन गैह्रापाटनमा संचालनमा छ । तर, पहिलेको भवनको आडैमा थप आकर्षक आर्टसहित । खानाका विभिन्न परिकारसहित अब रेस्टुरेन्ट पुग्नेले ६० भित्तामा थ्रि डी र ग्राफिटी आर्टको अवलोकन गर्न पाउने छन् । जसलाई, लामाचौरका अनिमेश शाही र उनको टिमले ३ महिनादेखि कोरिरहेका छन् ।

Batas

मःम, फ्राइ आलु, ससेज तथा फास्ट फुड आइटम स्टेसनको मेनुमा विशेष छन् । नयाँ भवनमा सरेको स्टेसनमा अहिले प्रि ओपनिङ चलिरहेको छ । स्टेसनमा एकैपटक २ सय जना रम्न सक्नेछन् । स्ट्रिट ठेलाबाट सुरु भएको स्टेसनलाई थप आकर्षक बनाउँदैे संचालनमा ल्याउँदा संचालक आयुष श्रेष्ठले अहिले नयाँ भवनमा सरिरहँदा एक करोड खर्चिएका छन् ।

विहान ७ बजेदेखि साँझ ९ बजेसम्म स्टेसन ग्राहकका लागि तयार रहने संचालक श्रेष्ठले सुनाए । यस्तै निशुल्क होम डेलिभरीको व्यवस्था पनि कायम रहेको उनले बताए । रेस्टुरेन्टमा २४ जना कर्मचारी छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.