www.tandavnews.com
Fact ~ In search of truth

‘मिसेल काण्ड’ अख्तियारमा फाइल

पोखरा
ताण्डव न्यूज ।

लर्निङ हाउसकी सञ्चालिका अमेरिकी नागरिक मिसेल अलेग्जेंद्रा विल्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरामा उजुरी परेको छ ।

बिजनेस भिषामा पोखरा आएकी मिसेलले कानुन विपरित काम गरेको भन्दै मंसिर २२ गते पोखरा अध्यागमनमा उजुरी पर्दा समेत काम कारवाही नभएपछि उजुरी अख्तियार कार्यालयसम्म पुगेको हो । मिसेलले कानुन विपरित काम गर्दा समेत कारवाही नभएको भन्दै पुस १४ गते अख्तियारमा उजुरी हालिएको स्रोतले बतायो ।

Batas

मिसेलले गरेका गलत कामको फाइलसहित उजुरी परेको हो । मिसेलको फाइलसहित उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका निमित्त कार्यालय प्रमुख मेघनाथ रिजालले जानकारी दिए । ‘हामीले विवरणसहित लिखित रुपमा फाइल अध्यागमनमा पठाउने छौ,’ उनले भने, ‘त्यसपछि कामकावाही अघि बढ्ने छ ।’

यो पनि पढ्नुहोस्

लर्निङ हाउसको प्रतिक्रिया, हाम्रो प्रमाणसहितको समाचार

अमेरिकन नागरिक मिसेल बिरुद्ध पोखरामा उजुरी

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.