www.tandavnews.com
Fact ~ In search of truth

आज र भोली पानी पर्ने सम्भावना छैनः पूर्वानुमान महाशाखा

पोखरा ।

आज (आइतबार)देखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि जारी वर्षा र हिमपात आजबाट रोकिने महाशाखाको पूर्वानुमान रहेको छ।

आज (आइतबार) र भोलि (सोमबार) वर्षा तथा हिमपातको सम्भावना नरहेको महाशाखाले जानकारी दिएको छ । पोखरामा हिजो साँझ पानी परे पनि अहिले भने बिहानैदेखि मौसम खुल्न सुरु भएको छ ।

उता तराई तथा पहाडी भेगमा समेत बिहान बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाइएको छ ।मंगलबार नेपालको पश्चिमी क्षेत्रबाट भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबारसम्म देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.