www.tandavnews.com
Fact ~ In search of truth

समाजवादोन्मुख जनताको जनवादका आधारमा रूपान्तरण – प्रवक्ता श्रेष्ठ

पोखरा।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादोन्मुख जनताको जनवादका आधारमा देशको सामाजिक एवं आर्थिक रूपान्तरण गरिने बताएका छन् ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि नेकपाका तर्फबाट पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गरेपछि प्रेस संगठन नेपाल, कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक क्रान्तिको प्रक्रियामा देश अघि बढेको बताउँदै जनाताको समृद्धिको चाहना पूरा गर्न पार्टी लागेको बताए ।

Batas

देश र जनताको सेवामा समर्पित हुन र आवश्यक परिवर्तन गर्न राजनीतिमा आएको उल्लेख गर्दै उनले राजनीतिमा पद आवश्यक नभए पनि यो जिम्मेवारीका रूपमा रहने उल्लेख गरे ।पार्टी एकतालाई सुदृढ बनाउँदै नेकपा अघि बढिहेको बताउँदै उनले संगठनलाई सक्रिय र सरकारलाई सफल बनाउँदै समृद्ध नेपाल निर्माणको अभियानमा पार्टी जुटिरहेको बताए ।

पार्टी एकीकरणको काम लगभग सकिएको र बाँकी केही काम पनि टुङ्गोमा पुर्याउन लागिएको जानकारी दिँदै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि सक्ने गरी तयारी भइरहेको स्पष्ट पारे ।सभामुख चयनका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले यसको निर्णय लिन केही ढिला भए पनि आगामी संसद् चल्नु अगावै यस विषयमा टुंगोमा पुगिने जानकारी दिए ।

नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार भगवती न्यौपानेले पार्टीका तर्फबाट गरिएको उम्मेदवारीको निर्णयले आफ्नो राजनीतिक जीवनको मूल्यांकन भएको बताए ।विसं २०४८ देखि अनेरास्ववियु, अनेमसंघ हुँदै पार्टीमा लामो समय बिताएको स्मरण गर्दै उनले व्यवस्था परिवर्तनको आन्दोलनमा निभाएको भूमिकालाई पार्टीले मूल्याङकन गरेको बताए ।

राजकीय भूमिका दिने अवसरका लागि पार्टीप्रति आभार व्यक्त गर्दै उनले निर्वाचित भएपछि कानून निर्माणका साथै देश विकासको काममा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गण्डकी प्रदेशका ६० प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका १७० प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.