www.tandavnews.com
Fact ~ In search of truth

बेलुका पूर्व र पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं ।

आज (सोमबार) देशभर सामान्यतया मौसम सफा रहने मोसम पूर्वानुमान महाशाखाले जनाएको छ । आन दिनभर जसो मौसम सफा रहेतापनि साँझ भने केही भेगमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिम र पूर्वका एक-दुइ स्थानमा भने हल्का वर्षाको सम्भावना छ।केही स्थानबाहेक आज मुलुकका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ ।

Batas

तर आज (सोमबार) बेलुका फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने सम्भावना छ। जसले देशका उच्च पहाडी र हिमाली भेगमा फेरि हिमपात हुने सम्भावना रहेको छ ।

पश्चिमदेखि पूर्वसम्मैका उच्च पहाडी तथा हिमाली भेगमा ‘हिमपात हुने सम्भावना रहेको महाशाखाले बताएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.