www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन

सुशान्त गाहा मगर,

ताण्डव न्यूज ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रथम वार्षिक प्रतिवेदन बुझाएको छ ।

Batas

सातै प्रदेशमा बुझाउने कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश प्रमुखलाई आयोगका अध्यक्ष बालानन्द पौडेल नेतृत्वले आर्थिक वर्ष २०७४-०७५ र २०७५-०७६ मा सम्पादित कार्य विवरणको प्रतिवेदन आज (सोमबार) बुझाएको हो ।

प्रदेश प्रमुख शेरचनले आफ्नै निवासमा प्रतिवेदन बुझ्दै सुक्ष्म तरिकाले अध्ययन गरी प्रदेश सरकारलाई सुझाव दिने बताए ।

उनले गण्डकी प्रदेशको प्राकृतिक स्रोतको सदुपयोग मात्रै गर्न सकेको खण्डमा वित्तको दृष्टिकोणबाट अन्य प्रदेश भन्दा सक्षम रहने बताए । ‘यस प्रदेशमा फलाम, तामा तथा सिसाको खानी छ’ उनले भने, ‘यि सबै स्रोतहरुलाई सदुपयोग गर्न सक्ने हो भने वित्तको हिसाबमा बलियो र समृद्ध बन्न सक्छ ।’

उनले राष्ट्रको आयस्रोतको रुपमा भन्सारबाट उठ्ने राजस्वलाई लिने गरेको टिप्पणी गर्दै भने, ‘यो भन्दा बढि प्रकृतिले दिएको स्रोतको परिचालनबाट दीर्घकालिन हुन सक्छ ।’

प्रमुख शेरचनले समाज, राष्ट्रको लागि ६२ वर्ष बिताएको बताउदै राष्ट्रियता प्रति सबैभन्दा दुख र चिन्ता लाग्ने धारणा राखे । ‘राष्ट्रिय हितको पक्षमा आँखा गुमाएको छु गर्धन दुई टुक्रा भएका छन् करङ फुटेको छ हात गोडा भाँचिएका छन्’ उनले भने, ‘पटक पटक मारेर फालिएको छु मर्याे भनेर फालिएको थिए पछि बाँचे अहिले पनि देशकै हितमा समर्पित छु ।’

उनले राष्ट्रिय एकताको लागि सबै अभिमुख भएको खण्डमा मात्र राष्ट्रियता मजबुत हुने उल्लेख गरे । ‘राष्ट्रियता बलियो भन्ने बित्तिकै भुगोलको कुरा मात्रै होईन प्रतिवेदनमा उल्लेख गरिएका आशय र सिद्धान्तहरु छन् तिनलाई पनि सँगसँगै लैजान सकियो भने मात्र राष्ट्रियता बलियो हुन्छ’ उनले भने ।

उनले अर्थिक समृद्धि, नेपाली जनताको चेतना, शिक्षा र स्वास्थ्य सबैको समायोजनले राष्ट्रियता बलियो हुने बताउँदै भने, ‘हामी कसैले सिमाना मिच्यो भन्दैमा त्यतै मात्रै लाग्छौ त्यो भन्दा प्राकृतिक स्रोतको बारेमा कति ध्यान दियौ कति सदुपयोग गरौ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

आयोगले सम्पादन गरेको वार्षिक कार्य विवरणको प्रतिवेदनलाई केलाएर अध्ययन गरी प्रदेश सरकार र प्रदेश सभाका सभामुखलाई सुझाब दिनेमा शेरचनले जोड दिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.