www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा वन मौरीको टोकाइबाट एकको मृत्यु

चितवन ।

चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । हिजो(आइतबार) अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।

घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकी थिएन् । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.