www.tandavnews.com
Fact ~ In search of truth

फेरि हिमपात र वर्षाको सम्भावना,चिसोबाट जोगिन महाशाखाको अनुरोध

काठमाडौं ।

आज पोखरा काठमाडौँसहित देशभर मौसम बदली भएको छ । दुई दिन खुलेको मौसम आज बाट पुन बदली भएको हो । मौसम बदली भएसँगै दुई दिन रोकिएको वर्षा र हिमपात फेरि सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात र वर्षा सुरु भइसकेको महाशाखाले जनाएको छ । आइतबार र हिजो (सोमबार) देशभर सामान्यतया मौसम सफा रहेको थियो । तर हिजो साँझ देखि पुन पश्चिमी न्यून चापीय वायु नेपाल प्रवेश गरेसँगै फेरि हिमपात र वर्षा सुरु भएको हो ।

Batas

अहिले विशेषगरी पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सुरु भएको भए पनि यो प्रणाली बिस्तारै पूर्व सर्ने र मध्य तथा पूर्वी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाले मंगलबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा पश्चिमी निम्न चापीय प्रणाली भित्रिएसँगै वर्षा र हिमपातको संम्भावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.