www.tandavnews.com
Fact ~ In search of truth

जनकपुरका मेयर लालकिशोरको नेतृत्वमा पत्रकारमाथि आक्रमण

जनकपुर ।

जनकपुरमा मेयरको नेतृत्वमा पत्रकारमाथि कुटपिट भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कार्यालयमै पत्रकारहरुमाथि कुटपिट गरेको समाचार सार्वजनिक भएको छ ।पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अमरकान्त ठाकुर, शुभाष कर्ण, राजा झालगायत १२ जना पत्रकारहरुमाथि आज(मंगलबार) कुटिपट भएको हो।

मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका छन्। जानकी मन्दिर अगाडिको सडक विस्तारको क्रममा ८५ लाख रुपैयाँको चलखेलमा निजी घर बचाउन जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी पर्खाल भत्काएको आरोपको विषयमा प्रतिक्रिया लिन पुगेको बेला पत्रकारहरुमाथि कुटपिट भएको हो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.