www.tandavnews.com
Fact ~ In search of truth

पोखराको खुला आकाश ओतिएर सुत्नेहरु अब आश्रममा

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

हिमालबाट आउने सिरेटोले तराई जसरी तात्न पाउँदैन पोखरा उपत्यका । पुस,माघमा हिमाली भेगमा हिमपात सुरु भएको पोखरालाई थाहा हुन्छ । चिसो ह्वात्तै बढीहाल्छ ।

चिसोबाट बच्न हामी आ-आफ्नो सुर गर्छौँ । न्यानो ओढ्ने, आगो ताप्ने, हिटर लगाउने आदि इत्यादी । तर, हामी सिरक अथवा ब्लाकेंट भित्र न्यानो भइरहँदा घरबास नभएर सडकमा रहँदै आएकाहरु के गर्लान् ? एक रात पोखराका गल्लीहरु नियाल्नुस् त, उत्तर आफ्नै आँखाले नियाल्न पाउनुहुन्छ ।

Batas

मंगलबार साँझ ७ बजे आसपास गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा महानगरकी उपमेयर मञ्जु देवी गुरुङ र मानव सेवा आश्रमका प्रतिनिधिहरु छोरेपाटन पुगे, खुला आकास ओतिएर बस्नेहरुको अवस्था बुझ्न । उनीहरुको उद्धेश्य अवस्था बुझ्नु मात्रै थिएन, आश्रममा ओत दिनु पनि थियो ।

पोखरालाई सडक मानवरहित शहर बनाउन विभिन्न ब्यक्तिहरुको उपस्थितीमा मंगलबारबाट अभियान सुरु भएको छ । साँझ ७ः३० बजेदेखि सुरु भएको अभियान ११ बजेसम्म जारी रहँदा सडकमा रहँदै आएका ११ जना मानिसहरुलाई मानव सेवा आश्रममा लगिएको छ ।

उद्धारपछि बोल्दै मन्त्री पुनले यो अभियान निरन्तर रहने जानकारी दिइन् । उनले उद्धार गरेकाहरुलाई आश्रममा लगेर राख्ने मात्रै नभएर व्यवहारमा समेत परिवर्तन हुने गरि कार्य गर्ने बताइन् । ‘उद्धार गरेर आश्रममा लगेर राख्ने मात्रै होइन, व्यवहारमा पनि परिवर्तन हुनेछ । जसका कारण उनिहरु आफ्नै घर गएर बस्न सकुन्, त्यसका लागि हामि लागिपरेका छौँ’ मन्त्री पुनले सुनाइन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.