www.tandavnews.com
Fact ~ In search of truth

अब सार्वजनिक सवारीमा म्युजिक ब्याण्ड

काठमाडौं।

हामी चढ्ने सार्वजनिक सवारीमा गीत बिरलै बज्दैन होला । यात्रा दिक्क लाग्ने नहोस भन्नका लागि होस् या यात्रा मनोरम बनाउनका लागि सवारी साधनमा गीत घन्काएर बजाउने गरिन्छ । तर अब सार्वजनिक गाडीमा गीत बजाउन नपाइने भएको छ ।

गीतकै कारण दुर्घटना बढेको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा गीत नबजाउन , म्युजिक सिस्टम नराख्न सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको छ ।

Batas

गाडीमा म्युजिक सिस्टम मात्र नभई सवारीसाधनको क्याविनमा विभिन्न सजावटका सामानहरु नराख्न पनि आदेश दिएको छ । यात्रामा गीत बजाउँदा र गीत परिवर्तन गर्दा चालकको ध्यान सवारी भन्दा बाहिर जानाले गाडी दुर्घटना हुने गरेको विभिन्न अध्ययनले देखाएकाको विभागको भनाई छ ।

यस्तैसार्वजनिक गाडीमा अनावश्यक फोटो, स्टिकर नटाँस्न र साहित्य नलेख्न पनि विभागले निर्देशन गरेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित यातायात समितिका कार्यालय र ट्राफिक प्रहरीलाई पत्राचार गरेको विभागले बताएको छ । विभागको निर्देशन कार्यान्वयन नगर्ने गाडी चालकलाई सवारी जाँचपास नदिने उल्लेख गरिएको छ ।

पहिलो चरणमा यो नियम सार्वजनिक गाडीमा मात्रै लागु हुने विभागले बताएको छ। केही समयपछि निजी सवारीसाधानमा पनि उक्त नियम लागु गर्ने तयारी रहेको जनाइएको छ । यसका साथै चालकले जुत्ता नलगाएर सवारी चलाएमा पनि कारबाही गर्ने विभागले बताएको छ। विभागको निर्देशन नमान्ने चालकलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना लाग्ने बताइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.