www.tandavnews.com
Fact ~ In search of truth

देशका अधिकांश भेगमा भोलीसम्मै वर्षा र हिमपातको संम्भावना

काठमाण्डौं ।

काठमाडौं पोखरा लगायत देशभर चिसो बढीरहेको छ ।

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले केही दिनदेखि देशभरको मौसम बदली भइरहेको छ । पोखरासहित देशका केही स्थानहरुमा हिजो हल्कादेखि मध्यम वर्षा तथा उच्च तथा हिमाली भेगमा हिमपात भएको छ ।

Batas

मौसम पुर्वानुमान महाशाखाको अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा आज पनि मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । हिजोदेखिको वर्षाले उच्च हिमाल भेगमा हिमपात भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।

वर्षा र हिमपातका कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।मध्य र पुर्वी भागमा भोलि पनि बर्षा र हिमपात हुने महाशाखाको पूर्वानुमान रहेको छ ।त्यस्तै, महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ ।

नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि सोमबारदेखि वर्षाको संकेत गरिरहेको जनाइएको छ । शुक्रबार पनि मौसम बदली नै हुने जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.