www.tandavnews.com
Fact ~ In search of truth

अमेरिका र इरानबीच द्धन्द्ध :खाडीका १० लाख नेपाली असुरक्षित

काठमाडौं ।

अमेरिका र इरानबीच द्धन्द्ध बढीरहँदा विश्वभर खलबल मच्चिएको छ ।

यी दुई देशबीचको द्धन्द्धले रोजगारीका लागि खाडीमा रहेका झण्डै १० लाख नेपालीको ज्यान खतरामा रहेको देखिएको छ । इरानले मध्यपूर्वमा बेस क्याम्प बनाएर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने चुनौती देखिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासको अनुसार खराब अवस्था आइहाले नेपालीको उद्धारको लागि परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क भईरहेको बताइएको छ ।

अहिले युएई–काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले उद्धारमा कठिनाइ नहुने अपेक्षा गरिएको छ ।युएईमा झण्डै तीन लाख नेपाली कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ। यसबाहेक अवैध रूपमा थप एक लाख नेपाली रहेको अनुमान छ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करिब ४५ लाख पुगेको छ। रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडीका ६ मुलुक (युएई, कतार, ओमान, बहराइन, कुवेत र साउदी अरेबिया) तथा मलेसिया जाने गर्छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.