www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’ हुने

सुशान्त गाहा मगर, 

ताण्डव न्यूज/पोखरा ।

पोखरामा भ्याली स्पोर्टस् क्लबको आयोजनामा तेस्रो संस्करणको ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता २०७६’ हुने भएको छ ।

Batas

पोखरा महानगरपालिका १० रामबजारमा क्रियाशिल क्लबले आगामी (पुष) २९ देखी माघ ४ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

मुल आयोजक समितिका संयोजक विश्व तण्डुकारले रेन्वो एकेडेमी होम्सको खेलमैदानमा पाँच दिनसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित प्रतियोगिता आयोजना हुने बताए ।

उनले उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने बताए । उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद  ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

उनले प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने खेलाडीलाई १२ हजार प्रदान गरिने बताउँदै सर्वाधिक गोलकर्ता ७ हजारको हकदार बन्ने जानकारी दिए । उनका अनुसार क्लबले टिम दर्ता शुल्क ८ हजार निर्धारण गरेको छ ।

त्यस्तै क्लबका सचिव प्रितम गुरुङले पोखराको उत्कृष्ट मानिने क्लबलाई मात्र पत्राचार गरिएको बताउँदै  कुल २४ टिमको मात्रै सहभागिता रहने जानकारी दिए । उनका अनुसार ईन्टेक ०६ विग्रेड अफ गोर्खाज युकेको २, आयोजकको २ र स्थानिय क्लबहरुबाट २० गरी कुल २४ टिमले मात्रै प्रतियोगितामा सहभागिता जनाउने छन् ।

हामी पोखराको राम्रो राम्रो क्लबलाई मात्रै खेलमा समाबेश गर्नेछौ, उनले भने, ‘सँगम, एलजी, सहारा जस्ता क्लबको सहभागिता हुने भएकाले खेलहरु गुणस्तरिय हुनेछ ।’ गुरुङले ईन्टेक ०६ विग्रेड अफ गोर्खाज युकेको समय अनुकुलतामा उक्त प्रतियोगिता सञ्चालन गरेको बताए ।

त्यस्तै क्लबमा सल्लाहकार महेश गुरुङले प्रतियोगिता सम्पन्न गर्नका लागि लागि १० लाख  संकलन गरिएको बताउदै सो मध्ये ६ लाख खर्च कटाएर बाकी रहेको रकमले फुटबल एकेडेमी सञ्चालन गर्ने बताए । ‘हामी प्रतियोगिताबाट बचेको ४ लाखले ससाना नानीबाबुहरुका लागि फुटबल एकेडेमी सञ्चालन गर्नेर्छाै’ उनले भने ।

ईन्टेक ०६ विग्रेड अफ गोर्खाज युकेको विशेष सहयोग, रामबजार सोसाईटी बेलायत, रामबजार पोखरा हङकङ, स्पोर्टस् क्लब कोरिया र रामबजार गु्रप अमेरीकाको सहकार्यमा उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.