www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि श्रीस्वस्थानी व्रतकथा सुरु

काठमाडौं ।

श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ।

स्वस्थानीको ब्रत बसे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। आजदेखि काठमाडौँको शालीनदीमा स्वस्थानी मेला सुरु भएको छ।एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिले जनाएको छ।

Batas

महानगरीय प्रहरी प्रभाग साँखुले सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको छ।सुरक्षाका लागि मेलामा ७० जना युनिर्फम तथा अन्य सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको बताइएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.