www.tandavnews.com
Fact ~ In search of truth

ताङतिङमा पिकनिक स्पट

पोखरा ।

घरवासको सेवा–सुविधासहित पर्यटकलाई आकर्षित गर्दै आएको पर्यटकीय गाउँ ताङतिङका बासिन्दाको सक्रियतामा छुट्टाछुट्टै दुई वनभोजस्थल निर्माण गरिएको छ ।

गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको मादी गाउँपालिका वडा नं २ स्थित ताङतिङमा यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पुर्याउने लक्ष्यका साथ वनभोजस्थल निर्माण गरिएको हो ।

Batas

गुरुङ समुदायको तीन दशकभन्दाअघिको इतिहासको साक्षी बनेको गाउँको सिरानस्थित नौचुडाँडा र पुल्कोडाँडामा २३ लाखको लागतमा दुई वनभोजस्थल निर्माण गरिएका ताङतिङ घरवास व्यवस्थापन समितिका अध्यक्ष पशमाया गुरुङले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरवास प्रर्वद्धन कार्यक्रमअन्तर्गत १० लाख र डिभिजन वन कार्यालयको पर्यापर्यटन प्रर्वद्धन कार्यक्रमको पाँच लाख, गाउँपालिकाको दुई लाख र बाँकी स्थानीयवासीको सहभागिता जुटाएर वनभोजस्थल निर्माण गरिएको हो ।

पर्यटकीय गाउँ सिक्लेस, हिमशृङ्खलासहित प्रकृति र संस्कृतिलाई नियाल्दै पोखराको बजारको व्यस्तताबाट मुक्त भई वनभोजमा रमाउन चाहनेका लागि लक्षित गरी दुवै वनभोजस्थल एकैसाथ निर्माण गरिएको जानकारी दिँदै उनले भने, ‘वनभोजस्थल निर्माणसँगै घरवास प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।’

वरपर होस् वा बाटोमा विभिन्न रङका गुराँसले ढकमक्क ढाकिएको यो ठाउँ समय–समयमा पर्ने हिउँका कारण निकै मनमोहक रहेको बताउँदै उनले एकपटक वनभोज र दृश्यावलोकन गर्न आएका प्रकृतिप्रेमी पटक–पटक आउने वातावरण सिर्जना गर्न सफल हुने विश्वास व्यक्त गरे ।

समुद्री सतहबाट लगभग दुई हजार ३०० मिटरको उचाइमा रहेको नैचुडाँडा र दुई हजारको उचाइमा रहेको पुल्कोडाँडामा वनभोजलाई लक्षित गरी ट्रष्ट भवन निर्माण गरिएको छ भने खानेपानीको व्यवस्थासहित दुई शौचालय निर्माण गरिएका नं २ का अध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिए।

उनका अनुसार प्रदेशको उत्कृष्टमध्येको ताङतिङ घरवासमा बास बस्ने आन्तरिक एवं बाह्य पर्यटकलाई अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमशृङ्खलाको आँखाको नजिकैबाट दृश्यावलोकनका लागि वनभोजस्थलसम्म पुर्याउने योजना रहेको छ ।

प्राचीन गुरुङ संस्कृतिको झल्को दिने किसिमका संरचनाले यहाँ आउने जो–कोहीलाई मग्न बनाउने उहाँको भनाइ छ । ताङतिङ क्रपुखर्क सडकखण्डमा पर्ने सो स्थानसम्म यातायात सुविधा पुगेको छ ।

गुरुयोजनाअनुसार वनभोजका लागि आवश्यक हल, भान्सा, डाइलिनङसहित थप भौतिक पूर्वाधार निर्माणका लागि २५ लाख  खर्च लाग्ने बताए । घोताने आमा समूहको सक्रियतामा तमोरोखोलाबाट ल्याएको खानेपानीका लागि दुई धाराको व्यवस्था गरिनुका साथै नमस्ते कोरियाको आर्थिक सहयोगमा सो स्थानमा ट्याङ्कीसमेत व्यवस्था गरिएको छ ।

गाउँका १४ घरमा लगभग ८० जना पाहुनको क्षमता भएको सो घरवासमा एक वर्षको अवधिमा एक हजार ३०० पर्यटक पुगेका थिए । जसमा कूल संख्याको १५ प्रतिशत मात्र घरवासमा बास बस्ने गरेका व्यवस्थापन समितिका सचिव पुर्णसुब्बा गुरुङले जानकारी दिए ।

गाउँको जैविक उत्पादन साग, आलु, कोदो, पिडालु, भटमास, टुसाको सुकुटी, तरुल, चामललगायत ७० प्रतिशत गाउँकै उत्पादन गर्ने गरेको बाँकी ३० प्रतिशत खरीद गर्ने गरेको बताउँदै उनले दुई छाक खाना, एक रातको बास, नास्तासहितको प्याकेजमा प्रतिव्यक्ति एक हजार लिने गरिएको बताए ।

सो स्थानमा रहेका पाँच होटलमा भने आन्तरिकभन्दा बाह्य पर्यटकको आकर्षण बढेको ताङतिङ गेष्टहाउसका सञ्चालक रोशमाया गुरुङले जानकारी दिए । उनका अनुसार गेष्टहाउसमा बेलायत, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, अष्ट्रेलियालगायत विभिन्न मुलुकका पाहुन आउने गरेका छन् ।

ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलका अनुसार एक्याप क्षेत्रमा बाह्य पर्यटकलाई लिइने प्रवेश शुल्कको कारणले पदमार्गमा जाने पर्यटकको सङ्ख्यामा प्रतिवर्ष कमी आउने गरेको बताए ।

उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रवेश शुल्क खारेजी गर्नुपर्ने माग गरे ।’ समुद्री सतहबाट तीन हजार १०० मिटरको उचाइमा अवस्थित क्रर्पुडाँडामा आगामी वैशाख १ देखि १० गतेसम्म मादी क्रर्पु महोत्सवको आयोजनाको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । रा

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.