www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका फरार जिल्ला सदस्य मोहन सापकोटा पक्राउ

नवलपरासी । 

सङ्गठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 विसं २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल–१ तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई संगठित अपराध गरेको सापकोटामाथि आरोप लागेको थियो ।

Batas

त्यस्तै २०७६ साउन १६ गते बर्दघाट–१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको मुद्दामा सापकोटा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका सापकोटालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.