www.tandavnews.com
Fact ~ In search of truth

सांसद थापाद्धारा विमानस्थल जग्गा अधिग्रहणबारे संसदको ध्यानाकर्षण

फरक पार्टी भएकै कारण सरकारले विभेद गरेको आरोप

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

निर्माणाधिन क्षेत्रीय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ पटक पटक गरिएको जग्गा अधिग्रहणबारे गण्डकी प्रदेश सांसद बिन्दु कुमार थापाले ध्यानाकर्षण गराएका छन् । बिहिबार संसदमा बोल्दै थापाले अधिग्रहणप्रति स्थानीयको असन्तुष्टी रहेको उल्लेख गर्दै माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन् ।

विमानस्थलकै कारण एकै ब्यक्ति ३ पटकसम्म विस्थापीत हुनुपरेको बताउँदै थापाले पुनः विगतमा गरिएका सम्झौता पनि कार्यान्वयन हुन नसकेको उल्लेख गरे । ‘पहिला जग्गाको सट्टा जग्गा दिने भनेकोमा हालसम्म पनि उक्त १५ रोपनी जग्गाको सट्टा जग्गा उपलब्ध हुन सकेको छैन’ उनले भने ‘ विमानस्थलको दक्षिण तर्फ ३ वटा सेती नदी सिँचाई नहर विमानस्थलले पुरिदिएको छ । यसले करिब ६००० रोपनी सिँचाई विहिन रहेकोछ । यसरी एउटै व्यक्ती पटक पटक ३ ४ पटक सम्म विस्थापित हुनुपरेको छ ।’

Batas

सांसद थापाले फरक पार्टी भएकै कारण सरकारले विभेद गरेको आरोप लगाए । योजना छनौटमा सरकारले देखाएको पुर्वाग्रहीपुर्ण व्यवहारले विकासका योजनाबाट स्थानीयहरु बञ्चीत हुनुपरेको सुनाए । उनले भने ‘के हामी सभासद फरक पार्टीको भएकै कारण विभेद भएको हो? हामीले मन्त्रीज्युको वा कोही अधिकारीहरुको आफ्नो व्यक्तिगत या खल्तीको पैसा मागेको हो र? यस्तो पुर्वाग्रहीपुर्ण व्यवहार तथा योजना विहिन बनाइनुले जनताहरु विकास उज्यालोबाट बञ्चित भएका छन् ।’

सांसद थापाले पुर्वाधार विकास योजना अन्र्तगतको ३६ वटा निर्वाचन क्षेत्रमा ७२ करोड छुट्याइएकोमा ५० लाखमा चित्त बुझाउनु परेको गुनासो गरे । ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास आयोजना अन्र्तगतको ३६ वटा निर्वाचन क्षेत्रमा ७२ करोड छुट्टाइएकोमा कोही सभासदले २ करोडको योजना छान्नु भयो भने हामी ५० लाखमा चित्त बुझाउनु पर्ने कार्यविधी बन्यो । यो सुशासन, समन्यायको सिद्धान्त विपरित विभेद भएको छ, यस विषयमा माननिय सभामुख मार्फत प्रदेश सरकारको ध्यान आकर्षण गराउन चाहन्छु ’ उनले सुनाए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.