www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वी जयन्तीमा गोरखाका चार स्थानीय तहमा बिदा

गोरखा ।

पृथ्वी जयन्तीको दिन गोरखामा सार्वजनिक बिदा हुने भएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती पुस २७ गते जिल्लाका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

Batas

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर गर्दै बिदा दिएको स्थानीय तहहरुले बताएका छन् ।गोरखा नगरपालिकाले पृथ्वीजयन्तकीका अवसरमा दुई दिन कार्यक्रम राखेको छ ।

पुस २६ गते इतिहासविदको सहभागितामा पृथ्वीनारायण शाह र नेपाल एकीकरणसम्बन्धी प्रवचन र अन्तर्क्रिया कार्यक्रम राखिएको छ भने पुस २७ गते विहान नगर क्षेत्रमा सरसफाइ, र्‍याली र सभा आयोजना गरिएको छ भने साँझ दिपावली गर्न नगरवासीलाई आग्रह गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.