www.tandavnews.com
Fact ~ In search of truth

‘गण्डकी प्रदेश मुख्यमन्त्री कप’ माघको पहिलो साता

सुशान्त गाहा मगर,
पोखरा/ताण्डव न्यूज ।

कास्कीमा पहिलो संस्करणको ‘गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप २०७६’ फुटबल प्रतियोगिताको आयोजना माघको पहिलो साता हुने भएको छ ।

गण्डकी प्रदेश फुटबल सँघको आयोजनामा आगामी माघ ४ गते देखी ९ गते सम्म भण्डारढिक स्थित खेल मैदानमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता आयोजना गरिने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

गण्डकी प्रदेश लिग कमिटीका संयोजक तथा एन्फाका उपाध्यक्ष कृष्ण बहादुर थापाले गण्डकी प्रदेशमा उमेर समुहको फुटबल एकेडेमी स्थापना गर्ने र प्रदेशको टिम ११ निर्माण गर्ने उद्देश्य सहित पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

उनले उक्त प्रतियोगितामा ११ जिल्लाका कुल ८ टिमले सहभागिता लिन पाउने बताए । उनले जिल्ला लिग बिजेता टिमहरुको सहभागिता रहने बताउँदै बिजेताले नगद ५ लाख प्राप्त गर्ने बताए । उनका अनुसार उपबिजेता टिमले नगद ३ लाख हात पार्नेछ ।

थापाले सो प्रतियोगितामा कास्की लिग बिजेता आदर्श क्लब भण्डारढिक, तनहुँ लिग बिजेता भिमाद युथ क्लब, लम्जुङ लिग बिजेता त्रिवेणी युथ क्लब, स्याङ्जा लिग बिजेता होराईजन क्लब, गोर्खा लिग बिजेता बौद्ध हिमाल क्लब, मनाङ लिग बिजेता डाँफे युवा क्लब, नवलपुर लिग बिजेता गैडाकोट खेलकुद समिति गरि ७ जिल्लाका लिग बिजेताले प्रतियोगितामा सहभागिता जनाउने छन् भने अन्य ४ जिल्ला (बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ) बिच हुने छनौट चरणको खेलबाट बिजेता एक टिम गरी कुल ८ टिमको प्रतियोगितामा सहभागिता रहने थापाले जानकारी दिए ।

उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले नगद ४० लाख आर्थिक सहयोग गरेको संयोजक थापाले बताए ।उनले प्रतियोगितामा विद्यागत रुपमा पुरस्कारको व्यवस्था गरेको बताउदै उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनाही ५ हजारले पुरस्कृत गर्ने बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.