www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशबाट ३५ जना बने एन्फा रेफ्री

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज।

कास्कीमा सम्पन्न एक हप्ते रेफ्री कोर्षबाट ३५ जना (अखिल नेपाल फुटबल सँघ) एन्फा रेफ्रीमा पास भएका छन् ।

पोखरा रङ्गशालामा गत १९ गतेबाट सञ्चालनमा रहेको कोर्षबाट गण्डकी प्रदेशका ४३ सहभागि मध्ये ३५ जना मात्र एन्फा रेफ्रीमा पास भएका हुन् ।पास भएका उनीहरुलाई आज (शुक्रबार) एन्फा कास्कीले समापन कार्यक्रमको आयोजना गर्दै प्रमाणपत्र तथा एन्फा रेफ्रीको ब्याच प्रदान गर्याे ।

Batas

समापन समारोहका प्रमुख अतिथि समेत रहेको नेपाल पत्रकार महासँघ कास्कीका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले ब्याच वितरण गर्दै बधाई ज्ञापन गरे । उनले सो अवसरमा बोल्द ैस्थानीय स्तरमा आयोजना हुने प्रतियोगिता सञ्चालनको लागि बाटो खुलेको बताए । उनले छोटो समयमै निर्णय दिनपर्ने क्षेत्र भएकाले संयमित र चनाखो हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै अखिल नेपाल फुटबल सँघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले छनौट भएका रेफ्रीहरुको भविष्य उज्वल रहेको बताउदै सोही अनुरुप मेहनत गर्नुपर्ने उल्लेख गरे । उनले एन्फा रेफ्री बनि सकेपछि एएफसी हुदँै फिफा रेफ्री बन्ने मौका भएकाले निरन्तर लाग्नुपर्नेमा जोड दिए । थापाले स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताको लागि रेफ्रीको कमी भएको अवस्थामा थप टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश स्तरिय एन्फा कास्कीले सञ्चालन गरेको उक्त कोर्षमा पूर्व फिफा रेफ्री एवम् प्रशिक्षक सुरेन्द्र शिख्राकार, फिफा रेफ्री सुदिश कुमार पाण्डे, फिटनेश प्रशिक्षक एवम् पूर्व सहायक रेफ्री किरण केसी र कोर्ष कोअर्डिनेटर बसन्त रिजालले प्रशिक्षण दिएका थिए ।

उक्त कोर्षमा गण्डकी प्रदेशका प्रत्येक जिल्लाबाट ३÷४ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.