www.tandavnews.com
Fact ~ In search of truth

शैक्षिक उन्नयनार्थ रामनगर माविमा महायज्ञ एवं धार्मिक महोत्सव हुने

माधव भुसाल
चितवन, ताण्डव न्यूज ।

शैक्षिक उन्नयनार्थ रामनगर माध्यमिक विद्यालयले महायज्ञ एवम् धार्मिक महोत्सव गर्ने भएको छ । शैक्षिकसँगै विद्यालयको भौतिक र रोजगार मुलक प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ महायज्ञ/महोत्सव गर्न लागिएको हो ।

विसं २०१७ पौष १० देखि चितवनको रामनगरबाट निरन्तर शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएको विद्यालयले समयअनुसार परिस्कृत शिक्षा र भौतिक संरचनाको आवश्यकता महशुस गर्दै सहयोग संकलानार्थ अभियानमा जुटेको हो । १० कक्षा सम्म अध्यापन गराइरहेको विद्यालयले कक्षा ६ सम्म अंग्रेजी माध्यम पनि संचालन गरिरहेको छ ।

Batas

रोजगारमूलक प्राविधिक शिक्षा, कक्षा ११ र १२, सुविधा सम्पन्न मन्टेश्वरी लगायतका उद्धेश्यसहित माघ २ गतेदेखि १० गतेसम्म गर्न लागिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव २०७६मा सहभागीता र सहयोगको लागि विद्यालयले अनुरोध गरेको छ । महायज्ञमा कथा शिरोमणी पण्डित दिपक प्रसाद पौडेलले कथा प्रवचन गर्नेछन् ।

सो अवसरमा विद्यालयले ५० हजारदेखि ७५ हजार सहयोग गर्नेलाई आजीवन सदस्यता, ७५ हजारदेखि १ लाख सम्म सहयोग गर्नेलाई विद्यालयमा फोटो राखिने र १ लाख भन्दा माथी सहयोग गर्नेलाई मानार्थ अभिनन्दन गर्नेछ ।

विद्यालयमा हाल २ सय ९० विद्यार्थी, १६ शिक्षक र २ कर्मचारी छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.