www.tandavnews.com
Fact ~ In search of truth

‘आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना छैन’ :पूर्वानुमान महाशाखा

काठमाडौं ।

हप्तैभरि बदली भएको मौसम आज शनिबारदेखि खुल्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ । आजदेखि मौसम आगामी तीन दिनसम्म मौसम सफा रहने विभागले जनाएको छ ।

केही दिन पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव रहेको नेपालमा हिजो(शुक्रबार)देखि यो प्रणाली हटेकाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

Batas

तराई क्षेत्रमा हुस्सु र कुइरो लागे पनि अन्य स्थानमा वर्षा तथा हिमपातको सम्भावना नरहेको विभागले जनाएको छ ।

अहिले बिहान हुस्सु र कुहिरो लागेको भएपनि दिउँसोतिर हट्ने र देशका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको आगामी ३ दिनको मौसम

पुस २६ गते (शनिबार)

दिउँसो :मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशका पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २७ गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।
राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस २८ गते (सोमबार)

दिउँसो :देशभर मौसम सामान्यतया सफा रहनेछ।
राति :देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.