www.tandavnews.com
Fact ~ In search of truth

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ : अध्यक्ष थापा

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् ।

राप्रपा भक्तपुर जिल्ला समितिले हिजो(शुक्रबार) यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन् ।

अध्यक्ष थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।’ अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको बताए।

कार्यक्रममा अध्यक्ष थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी (विक्रम) र उनकी पत्नी तारालाई राप्रपा प्रवेश गराएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.