www.tandavnews.com
Fact ~ In search of truth

लोकतन्त्र बलियो भए मिडिया स्वतन्त्र :पूर्वराष्ट्रपति यादव

काठमाडौं ।

पूर्वराष्ट्रपति डा .रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।’

विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो । देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र संघीयसभामा रहेको उनले बताए ।

Batas

तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या संघीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए। पूर्वराष्ट्रपति डा यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्ने बताए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.