www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेस माघे संक्रान्त्री मेला : खुल्ला भलिबल, बास्केटबलदेखी छेलो प्रतियोगितासम्म

सुशान्त गाहा मगर
पोखरा , ताण्डव न्यूज ।

कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय सिक्लेस गाउँमा माघे संक्रान्तीको अवसरमा ‘२५ औं वार्षिकोत्सव रजत जयन्ती समारोह एवम् सिक्लेस माघे संक्रान्ती मेला’ को आयोजना हुने भएको छ । सिक्लेस युवा क्लबले आगामी १ देखी ४ गतेसम्म विविध खेलकुद कार्यक्रम सहित आयोजना गर्ने मेलाको पोखरामा आज (आईतबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

मेलामा मुख्य प्रतियोगिताको रुपमा खुल्ला पूरुष भलिबल, महिला भलिबल, खुल्ला पूरुष बास्केटबल प्रतियोगिता तथा खुल्ला छेलो प्रतियोगिता समावेश गरिएको क्लबका सल्लाहकार एवम् पूर्व सचिव देवीजंग गुरुङले बताए ।

Batas

उनले अन्य प्रतियोगिताको रुपमा खुल्ला सामुहिक नृत्य प्रतियोगिता, रस्साकस्सी, घुर्रा, आमा समुहको ह्याकुचे लगायतका प्रतियोगिता समावेश गरिएको जानकारी दिए । उनले खुल्ला पूरुष भलिबल तर्फ बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने बताए । उनका अनुसार उपबिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ४४ हजार, ४ सय ४४ प्राप्त गर्नेछ भने प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

पूरुष बास्केटबल तर्फ बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ प्रदान गरिने बताउदै गुरुङले उपबिजेता टिमलाई ४४ हजार, ४ सय ४४ प्रदान गरिने जानकारी दिए । त्यस्तै महिला भलिबल तर्फ प्रथम टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार र द्धित्तीय बन्ने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार प्रदान गरिनेछ ।

उनले परुष भलिबल तर्फ १४ टिम र बास्केटबल तर्फ १६ टिमको सहभागिता रहेको बताउदै आज (आईतबार) नै खेल तालिका सार्वजनिक गर्ने बताए ।

गुरुङले खुल्ला छेलो प्रतियोगिता तर्फ च्याम्पियन बन्ने खेलाडीले नगद ४० हजार र उपबिजेता बन्ने खेलाडीले ३५ हजार प्राप्त गर्ने बताउदै उनीहरुलाई बाजागाजा सहित गाउँ घुमाउने परम्परा रहेको बताए । ‘यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो, क्लबले औपचारिक रुपमा घोषणा गरेको रकम भन्दा गाउँलेले स्याई गरेको रकम बढि हुन्छ, सल्लाहकार गुरुङले भने ।

त्यस्तै खुल्ला सामुहिक नृत्य तर्फ प्रथम बन्ने टिमले ट्रफी तथा प्रमाणपत्र सहित नगद ४० हजार, द्धित्तीय बन्ने टिमले ट्रफी तथा प्रमाणपत्र सहित नगद ३० हजार र ट्रफी तथा प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गर्नेछ । उनले उत्कृष्ट नृत्य निर्देशक र उत्कृष्ट भेषभुषालाई ट्रफी तथा प्रमाणपत्र सहित जनही ५÷५ हजार प्रदान गरिने बताए ।

क्लबका सचिव बेल प्रसाद गुरुङले माघे संक्रान्तीको अवसरमा आयोजना गरिने उक्त मेला नेपालकै कम उचाईमा रहेको क्हपुचे हिमतालको प्रचारप्रसार र नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिमा सघाउने उद्देश्य सहित मेलाको आयोजना गरेको बताए । ‘विशेषतः स्थानिय स्तरमा लोपोन्मुुख खेलहरु घुर्रा, हकुचे लगायतको पर्वद्धन गर्न पनि थप सहयोग पुग्ने विश्वास लिएका छौ, उनले भने, ‘स्थानिय तिर्थस्थलहरु ‘म्हउदु’ र ‘फैमक्यु’ जात्रा हुने भएकाले यसको प्रचारप्रसार समेत हुन्छ ।’ उनले सिक्लेसमा २२ होमस्टे दर्ता भै सञ्चालनमा रहेको बताउदै दर्जन होटलहरु रहेकोले पाहुनाहरुलाई आवासमा समस्या नहुने बताए । सो मेला सम्पन्न गर्न करिब १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.