www.tandavnews.com
Fact ~ In search of truth

‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’

सुशान्त गाहा मगर
पाेखरा, ताण्डव न्यूज ।

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ नारामा सजिएको ब्यानर बोकेर सडक किनारमा एक जमात देखिए । अझ लेखिएको थियो – ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रा आर्जेका अभिन्न भुमी हुन्’ ।

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पोखरामा आयोजना गरेको सीमा रक्षाका लागि दबाबमुलक र्यालीको दृश्य हो । सीमा बचाऔं अभियान पोखराले पोखरा महानगरपालिका १० पृथ्वीचोक देखी सुरु गरीएको र्याली अमरसिंह चोकमा पुगरे कोण सभामा परिणत भएको थियो ।

Lama collectio News Middle

कोण सभालाई सम्बोधन गर्दै सामाजिक अभियन्ता एवम् वरिष्ठ अधिवक्ता तिलक पराजुलीले सीमा रक्षाको लागि आम नेपाली एक हुन पर्ने भन्दै पहलमा जुट्नुपर्ने आह्वान गरे । उनले राजनैतिक दलहरु समेत एक भै सिमा विवाद समस्याको समाधान गर्न पहल गर्नुपर्ने बताए । उनले भने, ‘हामीहरु सदैव राष्ट्रियताको पक्षमा हुनेछौ ।’ त्यस्तै संयोजक रामबहादुर पौडेलले देश र राष्ट्रियताको पक्षमा नेताहरुले पृथ्वीनारायण शाहबाट अभिप्ररित हुन आवश्यर रहेको धारणा राखेका थिए ।

केही दिन अघि पोखरा आईपुगेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिमा विवादको समस्या समाधानका लागि औपचारिक रुपमा पहल सुरु भैसकेको बताएका थिए । उनले प्रेस सँगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सीमा विवादको प्रसंगमा नेपालको १ ईन्च भुभाग पनि लेनदेन नहुने दाबी गरेका थिए ।

उनले सुघौली सन्धी अनुरुपनै सीमामा विश्वाश दिने बताउदै राष्ट्रियताको सवालमा सबै राजनैतिक दलहरु एकढिक्का रहेको धारणा प्रस्तुत गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop