www.tandavnews.com
Fact ~ In search of truth

‘चिकित्सकले सही रिर्पोट नलेखिदिँदा अनुसन्धानमा ढिलाइ’

भद्रपुर । 

महान्यायधिवक्ता अग्नि खरेलले चिकित्सकहरुले सही रिर्पोट नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताएका छन् । आज झापाको विर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले संयु्क्तरूपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाको बारेमा सरोकारवालासँगको अन्तरक्रिया’ कार्यक्रममा उनले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र ल्याब टेस्ट गरेर मात्र रिर्पोट नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताएका हुन् ।

‘मैले चिकित्सकलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरु प्रोत्साहन गर्न खोजेको हूँ’ उनले भने , “जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो चेकजाँच गरेर जे देखिन्छ त्यही डाक्टरी होइन सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस् ।” उनले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ रिर्पोट दियो भने घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तहरुलाई दण्ड दिन सकिने बताए।

Batas

महान्यायधिवक्ता खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही चेकजाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे । उनले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई आग्रह गरेका थिए । उनले मिडियाले घटना सार्वजनिक गर्ने मात्र भएको बताउँदै अनुसन्धान र कारबाही गर्ने काम प्रहरी र सरकारको भएको बताए ।

राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला शर्माको घटनालाई अनावश्यक गिजोलिरिहेका कारण अनुसन्धान प्रभावित भएको बताए ।(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.