www.tandavnews.com
Fact ~ In search of truth

नेपाली नोटमा शाहको तस्वीर अङ्कित गर्न माग

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले शाहको दूरदर्शिता, साहसिक नेतृत्व र नेपाली जनताको साझा प्रयासबाट मुलुकको एकीकरण सम्भव भएको बताए ।

एकीकरण अभियानले हामी आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएकाले उहाँको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भने , “विसं २०७४ मा देउवा सरकारले पृथ्वीजयन्तीलाई एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिएको थियो । राष्ट्रिय एकतालाई बलियो बनाउन सरकारले त्यसलाई निरन्तरता दिनुपर्छ, संसारभर राष्ट्रनिर्मातालाई सम्मान गर्ने चलन छ ।”

Batas

दोस्रो जनान्दोलनपछि शाहको शालिक तोड्ने र इतिहासको अपव्याख्या गर्ने कार्य हुन लागेकाले पार्टीले पृथ्वीजयन्तीका दिन शुभकामना कार्यक्रम शुरु गरेको स्मरण गर्दै अध्यक्ष थापाले नेपाली नोटमा शाहको तस्वीर अङ्कित गर्न माग गरे । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता एवं सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता थियो । पार्टीले यही पुस २६ देखि २८ गते तीन दिनसम्म पृथ्वीजयन्तीलाई उत्सवका रूपमा मनाउन देशभरका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.