www.tandavnews.com
Fact ~ In search of truth

‘समितिको निर्देशन सरकार किन टेर्दैन’

काठमाडौँ ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले समितिले पटकपटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । समितिको आजको बैठकमा अधिकांश सांसदले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासलगायत मन्त्रालयलाई विभिन्न विषयमा निर्देशन दिए पनि कार्यान्वयन नगरी समितिको अपहेलना गरेको भन्दै अहिलेसम्मका निर्देशन कार्यान्वयन भए÷नभएका बारे समितिले नै अनुगमन गर्नुपर्नेमा जोड दिए ।

समितिका सदस्य दीनानाथ शर्माले अहिलेसम्म समितिले दिएको निर्देशन कार्यान्वयन भए÷नभएका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्री वा सचिवलाई बैठकमा आमन्त्रण गरी जवाफ माग्नुपर्ने बताए । सदस्य विमला पौडेलले निर्देशन कार्यान्वयन सम्बन्धमा अनुगमन गर्दै बजार अनुगमनलाई पूर्णता दिनुपर्नेमा जोड दिइन् । सदस्य कालीबहादुर मल्ल र खिमकुमार विकले बजार अनुगमनसँगै छड्के अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए।

Batas

सदस्य कमलाकुमारी ओलीले पछिल्लो समयमा यातायात क्षेत्रमा समस्या बढ्दै गएकाले समाधानका लागि अनुगमनपछि मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताइन् । सदस्य महेशकुमार महरा, भैरवसुन्दर श्रेष्ठ, मुक्ताकुमारी यादव, कविता बोगटीलगायतले सरकारले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास समितिको निर्देशन किन मान्दैन भनी प्रश्न गरे । सभापति तारादेवी भट्टले समितिले दिएका निर्देशन कार्यान्वयन भए÷नभएको बारे सम्बन्धित मन्त्रालयसँग जवाफ मागिने बताइन् ।(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.