www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाइडिङ वल्र्डकप ‘एशियन टुर’ पोखरामा

कास्की ।

आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ ।

नेपाल हवाई खेलकूद संस्था(ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तरराष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३० देशका १२५ खेलाडी सहभागी हुने बताइएको छ ।

Batas

एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलसम्म प्रवेशका लागि सन् २०२० मा तीन वटा टुर आयोजना गर्ने योजनाअनुसार पोखरामा पहिलो टुर हुनलागेको नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष एवम् टुर संयोजक योगेश भट्टराईले जानकारी दिए ।

बाँकी दुई वटा टुर भने मागका आधारमा एशियाका अन्य दुई देशमा गरिने छ । हाल विश्वकपमा ऐशियाली खेलाडीको सङ्ख्या कम भइरहेको अवस्थामा यस टुरले उनीहरुको सङ्ख्या बढाउन मद्दत पुग्ने बताइन्छ ।

machhapuchre
madi

‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा एशियामा हुने तीनवटा टुरबाट शीर्ष स्थानमा रहने पाँचदेखि आठ जनासम्म खेलाडीले सन् २०२१ मा हुने विश्वकपको सुपर फाइनलमा प्रवेश पाउने उहाँले जानकारी दिनुभयो । सुपर फाइनलमा पुग्ने खेलाडीको सङ्ख्या भने वल्र्डकप कमिटीले तय गर्ने बताइन्छ ।

अहिले खेलाडीको अनलाइन दर्ता गर्ने क्रम जारी रहेको बताउँदै तयारीस्वरुप नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय भइरहेको भट्टराईले जानकारी दिए ।

‘क्रसकन्ट्री’ विधामा स्पर्धा हुने हुँदा तोकिएको स्थानभन्दा केही परसम्म खेलाडी जानुपर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई हेरेर प्रतियोगिताको समयमा प्रतियोगितास्थल वरपर जहाज वा हेलिकप्टरको उडान रोक्नका लागि समेत प्राधिकरणसँग आग्रह गरिएको नाले जनाएको छ ।

प्रतियोगिताबाट साहसिक खेल प्याराग्लाइडिङको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको प्रवद्र्धन हुने भएकाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.