www.tandavnews.com
Fact ~ In search of truth
Muglan REstaurent & bar

‘निष्पक्ष, विश्वासयोग्य र फलदायी : हस्पिटालिटी नेपाल कन्टेस्ट’

पोखरा
ताण्डव न्यूज ।

हस्पिटालिटी नेपाल कन्टेस्ट चौथो संस्करणकालागि तयार छ । यो नेपालकै पहिलो हस्पिटालिटी थेममा आयोजना गरिएको प्रतियोगिता पनि हो । सन् २०१७ देखि एपी इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको कन्टेस्टले चौथो संस्करणका लागि रजिस्ट्रेसन खुलाइसकेको छ । पोखरा, बुटवल र काठमाडौंमा हस्पिटालिटी क्षेत्रमा अबद्ध रहेकाहरु प्रतियोगितामा भाग लिन सक्नेछन् ।

तेस्रो संस्करण सफलपुर्वक सम्पन्न गरिसकेका एपी इन्टरटेनमेन्टका अर्जुन पाण्डेसँग ताण्डव न्यूजका माधव भुसालले चौथो संस्करणको तयारी र उद्धेश्य समेटेर कुराकानी गरेका छन् :

१.यतिका धेरै ब्यूटी कन्टेस्टहरु आयोजना भइरहेकै थिए । फेरी संख्या मात्रै थप्न हो की साँच्चै केही गर्न हस्पिटालिटी नेपाल कन्टेस्ट सुरु गर्नुभयो ?

हो, पोखरामा वर्षेनी २२, २५ वटा ब्यूटी कन्टेस्टहरु भइरहेकै छन् । हामी कन्टेस्टको संख्या थप्न मात्रै आएका पक्कै होइनौँ । यो नितान्त पृथक प्रतियोगिता हो । हस्पिटालिटी थेममा नेपालमै पहिलोपटक हस्पिटालिटी नेपाल कन्टेस्ट सुरु भएको हो । यसमा गर्व गर्ने कुरा त रह्यो नै, भिन्न जिम्मेवारी र चुनौती पनि छन् ।

म होटल मेनेजमेन्टकै विद्यार्थी हो । यसअघि यो थेममा कुनै कार्यक्रमहरु भएका थिएनन् । मलाई लाग्यो, यस विषयमा आवद्धहरुलाई मध्यनजर गर्दै किन कन्टेस्ट नगर्ने ? २०१७ मा सुरु भएको कन्टेस्टको वाहवाहीले हामीलाई उर्जा दियो । हस्पिटालिटी फिल्डमा अध्ययन, काम गरिरहेकाहरुको इन्ट्रेस्टले आजसम्म हामी सफल रह्यौँ । कतिपय आयोजना भइरहेका ब्यूटि कन्टेस्टहरुमा प्रतियोगि नै नपुगेको अवस्था पनि छ । हामीले त्यो अनुभव गर्न पाएका छैनौँ । हामी निष्पक्ष, विश्वासीलो र फलदायी भएकै कारण अघि बढ्न सहज परिस्थिती सिर्जित भएको हो ।

त्यति मात्रै नभएर आर्थिक अवस्था कमजोर भएका क्षमतावान् इच्छुक प्रतियोगिहरुलाई स्कुलरसिपको व्यवस्था पनि गरेका छौँ । यस मानेमा, हामी संख्या मात्रै थप्न आएका होइनौँ ।

२. कन्सेप्ट कसरी फुर्यो ?

कन्टेस्ट मैले नै आयोजना नगरेको भएपनि यससम्बन्धी नजिकबाट नियाल्ने अवसरहरु पाइरहेको थिएँ । एकदिन समाचारमा ब्यूटी पेजेन्टबारे नराम्रो खबर पढेँ, नकरात्मक पाटोबारे लेखिएको थियो । म हस्पिटालिटी पढेको र बुझेको पनि भएर कन्सेप्ट आइहाल्यो ।

हस्पिटालिटी थेममै गर्दा कसो होला ? भन्ने सोचें । पहिलो सिजनमा डर पनि लागिरहेथ्यो । विल्कुलै फरक थेममा कन्टेस्ट गर्न लागिएको छ, के हुने हो के ? भन्ने पनि भो । तर सोचेको भन्दा बढी हामी सफल भयौँ ।

३. अघिल्ला सिजनहरु भन्दा यस पटक सहभागीहरुलाई नयाँ कुरा के छ ?

निश्चय पनि आमी अघिल्लो सिजनहरु भन्दा यसपटक केही परिस्कृत भएर आउँदैछौँ । किनकी, अहिले भ्रमण वर्ष पनि चलिरहेको छ । ‘फस्र्ट इमप्रेसन इज लास्ट इम्प्रेसन’ भनेको जस्तो देशमा भित्रिने पर्यटकहरुलाई पहिलो स्वागत हाम्रै हस्पिटालिटी क्षेत्रबाट हुन्छ । भ्रमण वर्षलाई लक्षीत गर्दै सोही अनुसार ड्रेस डिजाइन, आतिथ्य सत्कार, बोलीचाली लगायतका विषयहरु यस सिजनमा परिस्कृत हुनेछन् । ट्रेनिङको समय पनि बढाइनेछ ।

प्रतियोगिहरुको सहभागितामै भ्रमण वर्ष लक्षीत भिडियोहरु निर्माण हुनेछन् । हामिले विगतमा विजेतालाई थाइल्याण्ड र दुबई टूर गरायौँ । अहिले टूर त हुन्छ नै, पर्यटन बोर्डसँगको सहकार्यमा टूर हुने देशमा विजेतालाई भ्रमण वर्षको रिप्रेजेन्टेटिभको रुपमा प्रस्तुत गर्ने तयरी पनि गरिरहेका छौँ ।

४. प्रतियोगितामा भाग लिइसकेपछि फाइदा के ?

हामी धेरै महत्वकांक्षी परिवर्तनहरु हुन्छ भनेर कहिल्यै भन्दैनौं । तर, डे फस्र्ट बाट नै प्रतियोगिहरुमा केही नयाँ कुरा सिकेको महशुस अवस्य गर्नुहुनेछ । अडिसनबाट सेलेक्ट भएपछि आयोजना हुने ट्रेनिङ, विविध सेसनहरुले प्रतियोगिमा चेन्जेज ल्याउने कुरामा दुई मत रहँदैन ।

Lama collectio News Middle

अघि पनि भने, हस्पिटालिटी सेक्टर पर्यटन क्षेत्रमा ‘डाइरेक्ट हिट’ हुने क्षेत्र हो । मान्छेहरुसँग कसरी बोल्ने, व्यवहार कस्तो गर्ने, शैली कस्तो अपनाउनेसँगै ‘इम्प्रेसन एक्सीलेन्ट’ कसरी बनाउने भन्ने कुरामा फोकस गर्छौंं ।

स्कीलका कुराहरु त भइहाले । हामीले सेफ कोटमा, सर्भिस ड्रेसमा, लगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धीत थेममा रहेर प्रतियोगिलाई सकेसम्म दक्ष बनाउँछौँ र र्याम्पमा उतार्छौं ।

पर्यटनविद्, क्षेत्रसँग सम्बन्धीत विज्ञहरु बोलाएर अनुभव पनि प्रदान गर्नेछौँ । उहाँहरुको अनुभवले पनि प्रतियोगिलाई हौसला मिल्ने छ ।

५. कलेजमै सबै कुरा सिकाइदैन र ? प्रतियोगिताबाट सिकाउनु पर्ने ?

कलेजमा अध्ययन गरेर अवश्य पनि धेरै ज्ञान मिल्छ । अध्ययन नगरि यो फिल्डमा उकासिन गाह्रो छ नै, अझ स्पर्धाको जमानामा । तर, त्यति मात्रै पनि पुर्ण भने होइन । कलेजमा म स्वयं अध्ययन गर्दा पनि कति कुराहरु थेउरिटिकल्ली मात्रै थाहा हुन्थ्यो, फिल्डमा पुग्दा असहज हुने अनुभव म स्वयंसँग छ । यहि असहजतालाई चिर्न हस्पिटालिटी नेपाल कन्टेस्टले महत्वपुर्ण भूमिका निभाउने गरेको प्रमाण हाम्रा अघिल्ला सिजनका प्रतियोगिहरु हुन् ।

मासमा कसरी लिड गर्ने ? यस क्षेत्रमा ब्यक्तित्व विकास कसरी गर्ने ? सोही कुरामा फोकस भए हामी ट्रनिङ दिन्छौं ।

६. कसरी सहभागी हुन सक्छन् ?

अन्य प्रतियोगिताहरुजस्तो सबै क्षेत्रकाहरु इच्छाएर पनि हस्पिटालिटी नेपाल कन्टेस्टमा सहभागी हुन पाउने अवस्था छैन । हाम्रा प्रतियोगिहरु नितान्त हस्पिटालिटी अध्ययन गरिरहेका, आबद्ध रहेका, काम गरिरहेका मात्रै हुन्छन् । हाइट, एज त्यस्तो केही बाउन्ड्री छैन । यसअर्थमा यो कन्टेस्ट ब्यूटी पेजेन्ट नभएर फ्यूजन हो ।

अहिले हामी कलेज क्याम्पेनमा व्यस्त छौँ । कन्टेस्ट कुरेर बसेका इच्छुक विद्यार्थीहरु पनि पायौँ । हामीले पोखरा र बुटवलमा अडिसन गरेर प्रतियोगि छनौट गर्छौँ भने काठमाडौंमा कलेज क्याम्पेनबाट छनौट गर्छौं ।

७. सहभागी भैसकेपछि के कस्ता कार्यक्रमहरु हुन्छन् ?

हाम्रो अडिसन टफ छ । अनुशासन, आचरण र क्षमता हाम्रो प्रथमिकताका कुरा हुन् । अडिसनबाट सेलेक्ट भएपछि एक महिनाको ट्रेनिङ हुन्छ । जसमा आतिथ्य सत्कार, मास कम्युनिकेसन, अन्र्तक्रिया, एक्सपेरियन्स सेयरिङ, फोटो सुट, भिडियो सुट, पोर्ट फोलियो लगायत यथेस्ट सेसनहरु चल्नेछन् ।

पर्यटन वर्षलाई टेवा पुग्ने गरि टिभिसि बनाउँछौँ । फिनाले एक हप्ता अघि टिभिसि रिलिज गछौँ । ट्रेनिङ प्याकेज भित्रै रहेर विभिन्न स्थानमा पुगेर त्यहाँको आतिथ्य सत्कार र त्यहाँको हस्पिटालिटीबारे प्रोजेक्ट वर्क दिन्छौँ ।जसलाई हामीले फिनालेको लागि इन्सेन्टिभ मार्क तयार गर्छौं ।

८. इच्छुकहरुलाई केही म्यासेज छ कि ?

यस क्षेत्रमा आबद्ध हुनु भएका धेरैलाई हस्पिटालिटी नेपाल कन्टेस्ट बारे थाहै छ । तर पनि म के भन्छु भनें, आइसकेपछि तपाई स्वयंमा परिवर्तन पाउनुहुनेछ । हामी सहज वातावरणमा पृथक कुराहरु सिकाउँछौँ । तपाइको समयको लगानीको प्रतिफल पाएको महशुस तपाई स्वयंले गर्नुहुन्छ । हस्पिटालिटीमा अबद्धहरुलाई नेपालकै पहिलो हस्पिटालिटी नेपाल कन्टेस्टको चौथो सिजनमा स्वागत छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...