www.tandavnews.com
Fact ~ In search of truth

संसद्को गतिरोध चाँडै हट्छ : अध्यक्ष तिमिल्सिना

पर्वत ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भने । उनले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गरेका थिए ।

Batas

अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्मा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको चयन प्रक्रियाले चाँडै पूर्णता पाउने र रोकिएका विधेयक छिट्टै टुङ्गो लाग्ने बताए ।

नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले मुलुक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै अब ढुक्क भएर काम गर्नुपर्ने बेला आएको बताए । स्वर्ण महोत्सवका सबै कार्यक्रम सकिएको आयोजक समितिका सचिव रमेश केसीले कार्यक्रममा जानकारी दिए।(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.