www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरीका लागि नयाँ भवन निर्माण हुने

सुशान्त गाहा मगर
पोखरा , ताण्डव न्यूज ।

नेपाल प्रहरीको नियमित बजेटबाट कास्की प्रहरी कार्यालय परिसरमा नयाँ ३ भवन निर्माण हुने भएको छ ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले ६ करोड ९८ लाख १० हजार ६६ रुपैयाको कुल लागतमा नयाँ तिन संरचना निर्माण हुने बताए ।

Batas

अहिले सञ्चालनमा रहेको कार्यालय पछाडि भागमा नयाँ संरचना निर्माण हुने कार्कीले बताउदै भुकम्प प्रतिरोधान्मक मापडण्ड अनुसार आरसीसी फ्रेम स्टक्चरको भवन निर्माण हुने जानकारी दिए ।

उनका अुनसार उक्त भवन निर्माणको जिम्मा रोयल कन्स्ट्रक्सन प्रालि धनगढीले पाएको छ । कार्कीले १ सय ५० जना क्षमताको ३ तले व्यारेक भवन, थुनुवा कक्ष (पुरुष –महिलाको लागि छुट्टाछुुट्टै शौचालय सहित) २ तले र सिनियर प्रहरी अधिकृतको लागि २.५ तले आवास भवन निर्माण गरिने बताए ।

नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आज (आईतबार) थुनुवा कक्ष, प्रहरी व्यारेक, र सिनियर प्रहरी अधिकृत आवास भवनको एकैसाथ शिलान्यास गरेका थिए ।

यी संरचना निर्माण पश्चात कास्की प्रहरीलाई काम गर्न थप सहज हुने कास्की प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.