www.tandavnews.com
Fact ~ In search of truth

बक्यौता रकम माग्दा एन्फा कास्की अध्यक्ष गुरुङले हातपात गरे !

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई अभद्र व्यवहार सहित हातपात गरेको अभियोगमा ठाडो उजुरी परेको छ । पोखरा महानगरपालिका ९ नयाँबजार स्थित पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेललाई आज (आईतबार) बिहान पौने ११ बजे गुरुङले हातपात गरेपछि ठाडो उजुरी दिएको पौडेलले ताण्डव न्यूजलाई बताए ।

पौडेलले शुरुमा अभद्र व्यवहार गरेको र पछि धकलेको र ढुंगाले ताकेको बताए । ‘ मुख्यमन्त्री कपको लागि प्रपोजल लेटरहरुको सबै काम मैले गरेको थिए, पौडेलले भने, ‘पहिलाको व्यवहार मिलाएपछि व्यानरहरुको काम गरौँला भनेको थिए । त्यतिकैमा उहाँ अपत्यारिलो रुपमा गज्रिदै अभद्र व्यवहार गर्नुभयो ।’ पौडेलले गत वर्षको मनकामना केवलकार कपको १२ लाख बढि रकम तिर्न बाँकी रहेको बताए ।’ १२ मध्ये पटक पटक गरेर २ लाख पाएको हो’ उनले भने ।

Batas

पौडेलले आफुले पाउन पर्ने रकम पाउनुपर्ने र आवश्यक अनुसन्धान गरी अध्यक्ष गुरुङलाई कारवाही गरिनुपर्ने माग गरेका छन् । अध्यक्ष गुरुङ विगत देखी नै विभिन्न काण्डहरुमा मुछिदै आएका छन् । गुरुङले पछिल्लो समय लेखनाथको भण्डारढिकमा हुने प्रथम मुख्यमन्त्री कपको कोषाध्यक्षको रुपमा काम गर्दै आएका छन् ।

उनले विभिन्न व्यक्तिहरुलाई काम गराउने र पारिश्रमिक नदिने आरोप लाग्दै आएको छ । पोखरा क्रियटिभ सँगै पोखराका अन्य व्यवसायिक संस्थाहरुमा समेत तिर्न बाँकी रहेको स्रोतले जनाएको छ ।

यता कास्की प्रहरीका प्रवक्ता एवम् डिएसपी राज कुमार केसीले गुरुङ विरुद्धको ठाडो उजुरीको विवरण दिन नमिल्ने जफाव दिए । केसीले भने, ‘उताकै स्रोत मान्दा हुन्छ, अनुसन्धानका विभिन्न बाटो हुन्छन् जानकारी दिन मिल्दैन ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.